उद्यमशीलता प्रवद्र्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपालीले तोकिएको मापदण्ड अनुसार आवेदन दिन सक्ने
बैंक खबर । नबिल बैंकले नबिल स्कुल अफ सोसल आन्टरप्रेनरशिप (नबिल एसएमई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि सातै प्रदेशमा आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले नबिल एसएमई अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रमका लागि आवेदन माग गरेको हो ।
बैंकले यस कार्यक्रमका लागि सातवटै प्रदेहका विभिन्न सात कलेजहरुसँग साझेदारी गरेको छ । तिनै कलेजबाट एक वर्षमा सात सय जना सामाजिक उद्यमी तयार गर्ने लक्ष्य बैंकले राखेको छ ।
उद्यमशीलता प्रवद्र्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपालीले तोकिएको मापदण्ड अनुसार आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
कार्यक्रमले क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, उर्जा लगायतका विभिन्न क्षेत्रमा सामाजिक उद्यमशीलता प्रवद्र्धनलाई जोड दिने पनि बैंकले जनाएको छ ।