logo
Blog single photo
April 28 2022

सिवाइसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड, झण्डै ३७ हजारले पाए शेयर

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ बाँडफाँड गरेको छ । ३६ हजार ९ सय ४८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । 

footer


बैंक खबर । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । आईपीओमा २२ लाख ५ हजार ६ सय ३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  २२ लाख २ हजार ३ सय ६१ योग्य आवेदन परेको छ ।

कम्पनीले कुल निष्काशित शेयर मध्ये १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

आइपीओमा मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको क्यापिटलले जनाएको छ । बाँडफाँडपछि ३६ हजार ९ सय ४८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण भएको छ ।

आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ४० रुपैयाँ पुगेको छ । 

Top