logo
Blog single photo
April 28 2022

सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा कर्जा सुविधा प्रदान गर्ने सम्झौता 

सशस्त्र प्रहरी कर्मचारीहरुले बिना धितो ५ वर्षकालागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।  

footer


बैंक खबर । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको हालको अवस्था, बैंकले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराए । उनले ७७ जिल्लामा नै शाखा सञ्जाल रहेको यस वैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको बताउँदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको सम्झौता फलदायी भएको बताए । उनले सम्झौता पछि सशस्त्र प्रहरी कर्मचारीहरुले बैंकले प्रदान गरिरहेको सेवा सुविधा प्राप्त गर्न सहज हुने बताए । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा बैंकले पु¥याउने सहयोगले कर्मचारीहरुको हौसला अभिबृद्धि भई राज्यप्रदत्त जिम्मेवारीहरुमा अझ कटिबद्ध भई क्रियाशिल रहन उर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे । 

सम्झौता पछि सशस्त्र प्रहरी कर्मचारीहरुले बिना धितो ५ वर्षकालागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।  

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु र बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।  देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ । 
 

Top