logo
Blog single photo
August 03 2022

ब्याजदर बढाउन राष्ट्र बैंकको प्रोत्साहन, छलफलको तयारीमा बैंकर्स

संस्थागत निक्षेपकर्ताले साधारण निक्षेपकर्ताले पाउने ब्याजदर भन्दा २ प्रतिशत बिन्दु कम ब्याज पाउने 

footer


बैंक खबर । बैंक तथा वित्तीय संस्थाको ब्याज बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्न निर्देशन जारी गर्दै बैंकहरुलाई ब्याज बढाउन प्रोत्साहन गरेको हो । राष्ट्र बैंकले धेरैजसो नीतिगत दरहरुलाई बढाइदिएको छ । अनिवार्य तरलता अनुपात ३ प्रतिशतबाट ४ प्रतिशत पु¥याएको छ ।

वैधानिक तरलता अनुपात एसएलआर वाणिज्य बैंकहरुका लागि १० प्रतिशत बाट बढाएर १२ प्रतिशत पुर्याएको छ । विकास बैंक र फाइनान्स कम्पनीले ८ प्रतिशत एसएलएफ कायम गर्दै आएकामा त्यसलाई १० प्रतिशत पुर्याउनुपर्ने भएको छ । स्थायी तरलता सुविधा एसएलएफको दर पनि साढे ८ प्रतिशत पुर्याएको छ । यसअघि यस्तो दर ७ प्रतिशत थियो । निक्षेप संकलन दर ४ प्रतिशतबाट साढे ५ प्रतिशत र रिपो दर साढे ५ प्रतिशतबाट ७ प्रतिशत पुगेको छ । 

निक्षेपको ब्याजदर बढ्दा आधारदरमा फरक नपरोस भनेर राष्ट्र बैंकले संस्थागतले साधारण निक्षेपकर्ताले पाउने ब्याजदर भन्दा २ प्रतिशत बिन्दु कम ब्याज पाउने व्यवस्था गरिदिएको छ । अहिले १ प्रतिशत बिन्दु कम हुने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको ब्याजको १० प्रतिशतसम्म ब्याज घटाउन वा बढाउन सक्छन् । संस्थागत निक्षेपकर्ताहरुले ब्याजदर बढाउन बैंकहरुलाई दबाब दिइरहेका बेला बैंकहरु उनीहरुको ब्याजदर घटाइदिएर अहिलेकै ब्याजदर कायम राख्नसक्ने स्थिति देखिदैन । त्यसैले साधारण मुद्दतिको ब्याजदर थप १० प्रतिशत बढाउने देखिन्छ ।

यसबारे छलफल गर्न बैंकरहरु शुक्रबार छलफल गर्ने भएका छन् । 

Top