logo
Blog single photo
August 14 2022

धौलागिरी लघुवित्तको आईपीओ पर्ने सम्भावना कति ? ७० गुणा बढी आवेदन 

न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३० हजार ८ सय २९ जनाले पाउँछन शेयर 

footer


बैंक खबर । धौलागिरी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा ७० गुणा बढी आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्म १९ लाख ५२ हजार ४ सय ६० जना आवेदकबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ता शेयर माग भएको छ । 

धौलागिरीले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निश्काषन गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ३ लाख ८ हजार २ सय ९५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । 

आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

Top