logo
Blog single photo
August 16 2022

भारतमा घर कर्जाको ब्याजदर बढ्यो

अन्तर्राष्ट्रिय । महँगी घटाउन भारतीय रिजर्व बैंक (आरबीआई)ले रिपो दरमा तीव्र वृद्धि गरेपछि घरजग्गा कर्जाको ईएमआई बढेको छ । रिपो दरमा भएको बढोत्तरीको सबै क्षेत्रमा असर परेको छ । तर यसले ऋण लिनेहरुको क्रेडिट स्कोर, कर्जा रकम र अवधिमा भने फरक पारेको छैन । 

मे महिना देखि अहिलेसम्म रिजर्भ बैंकले तीन किस्तामा १.४० प्रतिशतले रिपो दर बढाएको छ । यो अवधिमा बैंक तथा हाउजिङ फाइनान्स कम्पनीहरुले घर कर्जाको ब्याजदर २ प्रतिशत विन्दुले बढाइसकेका छन् । 

footer


निश्चित (स्थिर) दरमा घर कर्जा लिएकाहरुको ब्याजदर भने नबढाइएको बैंकहरुले जनाएका छन् । तर सबै नयाँ घर कर्जा २ प्रतिशतसम्म महँगो भएको छ । स्थिर दरमा पनि सोही दरमै ब्याजदर बढेको छ । त्यसैले स्थिर दरमा नभई फ्लोटिंग दरमा होम लोन लिनेहरूको ईएमआई बढेको छ ।

मे महिनासम्म पञ्जाब नेशनल बैंक, बैंक अफ बडोदा, आईडीएफसी फर्स्ट बैंक र सिटी बैंकले ६.५ देखि ६.९ प्रतिशत भित्रको ब्याजदरमा घर कर्जा प्रदान गर्दै आएका थिए । अब ब्याजदर बढेर ८.८५ प्रतिशतसम्म पुगेको छ । 

Top