logo
Blog single photo
August 31 2022

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाका तीन पालिकासँग कर्जामा सहकार्य गर्ने 

राष्ट्रिय वाणिज्य बैंक, गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

footer


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर,  भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार पालिकाले उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई उद्यमशीलता सम्बन्धी तालिम दिने र सो व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नुपर्नेछ । त्यसपछि बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । 

सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्र्तगत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको बैंकले जनाएको छ ।  

सम्झौताका लागि आयोजना गरिएको समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौताले उद्यमी र बैंकबीचको खाडल हटाउन मद्दत गर्ने बताए । 
गोरखा नगरपालिकाका नगर प्रमुख रानामगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवद्र्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए । 

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष बन्जाराले उद्यमशीलता बढाई गरिबी हटाउन बैंकसँगको सहकार्य महत्वपूर्ण भएको बताए । 

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले सम्झौताले भुकम्पछिको आर्थिक क्षति न्यूनीकरणका लागि सहयोग पुग्ने बताए । 

Top