बिमा खबर । प्रुेन्सियल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो लभांश बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।
मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी