बैंक खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यो सेवा सुरु गरेको हो ।
लघुवित्तको एपमा गई कनेक्ट आइपीएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ । साथै, युटिलिटी पेमेन्टको प्रयोगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने लघुवित्तले जनाएको छ ।
यसबाहेक लघुवित्तका सदस्यहरुले एपबाट आफ्नो इकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सक्नेछन् ।
लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोबाइल बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको छ ।
मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी