बैंक खबर । शुभम पावरले सर्बसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यस अघि प्रभावित क्षेत्रका बासिन्दा र बैदेशिक रोेजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि पनि साधारण सेयर बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले एक सय अंकित मूल्यका ४ लाख ८१ हजार ८ सय २२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यसमध्ये ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र ११ हजार ६ सय १० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो ।
आईपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि त्यो अवधिसम्म माग भएअनुरुप आवेदन नपरे निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ ।
आईपीओ भर्न इच्छुक नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिनसक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक म्यूक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गरिरहेको छ ।
All banking information at your fingertips