अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार तीन सय रुपैया पुगेको हो । यो अहिलेसम्मकै महँगो मूल्य हो ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य मंगलबार १ लाख ५ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
चाँदी भने प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ५६ रुपैयाँमा कारोबार भएको छ ।
All banking information at your fingertips