logo
Blog single photo
April 14 2020

वैशाख १५ गतेसम्म लकडाउन गर्ने सरकरको निर्णय, अन्तर्राष्ट्रिय हवाइ उडान १८ गतेसम्म बन्द

कोरोना भाइरस । सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको नियन्त्रणका लागि तेस्रोपटक १२ दिन बढाएर वैशाख १५ गते सम्म पु¥याउने निर्णय सरकारले गरेको हो ।  

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले दोस्रोपटक घोषणा गरेको लकडाउनको समय अवधि भोलि वैशाख ३ गते सम्म थियो । 

यस्तै अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गते सम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । 
 



नेपालमा मंगलबार सम्म १६ जनामा संक्रमण देखिएको छ । राजधानीको सन सिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा संक्रमण पुष्टि भएसँगै संक्रमण भएका मानिसहरुको संख्या १६ पुगेको हो । 
 

Top