logo
Blog single photo
April 21 2020

महँगी अत्याधिक बढ्यो, खाद्य वस्तुको मूल्यवृद्धि झण्डै १० प्रतिशत 

अर्थतन्त्र । गत वर्ष भन्दा यस वर्ष मूल्य वृद्धिको दर बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यसै आर्थिक वर्षको आठौं महिना सम्मको आर्थिक तथा वित्तीय विवरण अनुसार देशको मूल्यवृद्धि ६ दशमलव ७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको थियो । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर डलरको भाउमा आएको वृद्धिसँगै देशको मुद्रास्फीतिमा दवाव परेको देखिन्छ । 

राष्ट्रका अनुसार फागुन सम्ममा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ९ दशमलव ३३ प्रतिशत रहेको छ । यस्तै गैर–खाद्य तथा सेवा समुहको मूल्यवृद्धि दर ४ दशमलव ६९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी, मासु तथा माछा लगायतका खद्य वस्तुहरु पर्दछन् । यस्तै गैर–खाद्य तथा सेवा अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता लगायत पर्दछन् । 



यस्तै राष्ट्र बैंकको प्रतिवेदनमा काठमाडौं उपत्याकाको मूल्यवृद्धि सबैभन्दा बढी ७ दशमलव ६१ प्रतिशत रहेको उल्लेख छ । यस बाहेक तराईमा ६ दशमलव ८४ प्रतिशत, पहाडमा ५ दशमलव ५३ प्रतिशत र हिमालमा ५ दशमलव ४२ प्रतिशत मुद्रास्फीति रहेको छ । 

Top