logo
Blog single photo
May 07 2020

यस्ता उद्योग शुक्रबारदेखि सञ्चालन गर्न पाइन्छ, हेर्नुहोस कुन कुन क्षेत्र खुल्यो?

अर्थतन्त्र । सरकारले शुक्रबारदेखि खाद्यान्न सहित अत्यावस्यक वस्तु उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्ने दिने भएको छ । उद्योग मन्त्रालयको प्रस्ताव र कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २६ गतेदेखि उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ । 
यी हुन्  सरकारले शुक्रबार देखि सञ्चालन गर्न दिने ४४ प्रकारका उद्योग ।
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दूध तथा दुग्ध पदार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्यास उद्योग
११) प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग



२०) पशु औषधि र किटनासक औषधि सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिल उद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिक पाइप र फिटिंग्स् उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनियर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफर्मर तथा प्रसारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशिनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) स-मिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपुर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

Top