बैंक खबर । एनएमबि बैंकले भाइबरबाट च्याट गरेर बैंक खाता खोल्न सकिने व्यवस्था गरेको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउन लम्बिदै गएपछि बैंकले घरमै बसेर भाइबरको माध्यमबाट बैंक खाता खोल्न सक्ने सेवा ल्याएको हो ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुचारु भइरहेको महसुस गराउन भाइबरको प्रयोग बार्ट घरमै बसेर बैंक खाता खोल्ने नवीनतम र सुविधाजनक सेवा ल्याएको जनाएको छ ।