logo
Blog single photo
May 16 2020

सरकारको नीति तथा कार्यक्रमः अर्थतन्त्रलाई राहत भन्दा महत्वकांक्षी परियोजनामा जोड, पूर्णपाठ

अर्थतन्त्र । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस (कोभिड–१९)वले प्रभावित बनाएको अर्थतन्त्रलाई माथि उकास्ने भन्दा पनि दीर्घकालिन र महत्वकांक्षी परियोजना अगाडि बढाउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा, पानीजहाज, विद्युतिय रेल, पूर्वपश्चिम रेलमार्ग, सडक लगायतका पूर्वाधार निर्माणमा केन्द्रीत देखिन्छ । तर लकडाउनबाट अर्थतन्त्रमा परेको असरलाई तत्काल क्षतिपूर्ति हुनेखालका कार्यक्रमहरु समेटिएका छैनन् । 

नीति तथा कार्यक्रममा समेटिएका रोजगारी सिर्जना गर्ने, उत्पादन मुलक उद्योगहरुलाई पुनरुत्थान गर्ने लगायतका कार्यक्रमहरु समेटिए पनि प्रयाप्त भने देखिदैनन् । अनुदान र बीमाका क्षेत्रमा पनि कुनै नयाँ योजना देखिएन् । पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । रोजगारी गुमाउने, विदेशबाट फर्किएका सबैलाई सकभर कृषिमा लगाउने योजना बनाएको देखिन्छ । तर आन्तरिक उत्पादनलाई वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने पुरानो कुराले यसपटक पनि निरन्तरता पाएको छ । 

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा भने नीति तथा कार्यक्रमले केही बढी जोड दिएको छ । तर कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई टेवा दिने खालको कुनै कार्यक्रम देखिएन् । 

 



नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न तलको लिंकमा जानुहोस्

http://bankkokhabar.com/laravel-filemanager/files/shares/नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल.pdf

Top