logo
Blog single photo
May 24 2020

कर्मचारी सञ्चय कोषले सुरु गर्यो अनलाइन सेवा, आइतबारदेखि विशेष सापटी लिन सकिने

बैंक खबर । कर्मचारी सञ्चय कोषले अनलाइन मार्फत विशेष सापटी लिन सकिने गरी आफ्नो सेवालाई सुचारु गर्ने भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै कोषका सेवा बन्द भएको थियो । कोषले आज (आइतबार) देखि अनलाइन सेवा मार्फत सापटी सेवा सञ्चालन गर्न लागिएको विज्ञप्ति मार्फत जनाएको छ । 

‘लकडाउनका कारण यातायात र हिंडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तषा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप अनलाइन विशेष सापटी सेवा सुरु गरिएको हो’ विज्ञप्तिमा उल्लेख छ । 
 



कोषले केवाइसी अपडेट गरेका सञ्चयकर्ताले मात्रै अनलाइनमार्फत विशेष सापटी सेवा लिन सक्ने समेत जनाएको छ । सञ्चयकर्ताले कोषको वेबसाइटमा उल्लेख गरिएको निर्देशन अनुसार अनलाइन फारम र विशेष सापटीको आवेदन फारम भरी स्क्यान कपी अपलोड गरी पठाउनुपर्ने हुन्छ ।

कोषले फारम रुजु गरेपछि सापटी रकम सञ्चयकर्ताको बैंक खातामा जम्मा गरिदिने छ । कोषले लकडाउनका कारण बन्द भएका अन्य सेवालाई समेत क्रमशः सञ्चालनमा ल्याउने तयरीगरेको समेत जनाएको छ । 
http://bankkokhabar.com/laravel-filemanager/files/shares/karmachari sanchaya kosh online sapati sewa.pdf

Top