logo
Blog single photo
August 10 2020

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क झण्डै १४ प्रतिशतले बढ्यो, खुद नाफा भने घट्यो

बीमा खबर । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमास सम्ममा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा  १ करोड ४५ लाख ३३ हजार रुपैयाँले कम हो । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

इन्स्योरेन्सले असार मसान्त सम्ममा ३ अर्ब २६ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ करोड ५१ लाख ९५ हजार रुपैयाँ (१३. ७८ प्रतिशत)ले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ रहेको थियो । इन्स्योरेन्सको खुद बीमा शुल्क बढेपनि खुद नाफामा कमि आएको देखिन्छ । 

दुई अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८८ करोड ९८ लाख २३ हजार रुपैयाँ रहेको छ । त्यस्तै जीवन बीमा कोषमा ११ अर्ब ४७ करोड ६६ लाख ५१ हजार रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ९४ लाख १० हजार रुपैयाँ सञ्चित रहेको चौथो त्रैमासको वित्तीय विवरणमा देखिन्छ । 
 

footer


इन्स्योरेन्सले असार मसान्त सम्ममा कुल २ हजार ५ सय ४९ दावीमा ७१ करोड १ लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै २८ वटा दावीमा ५५ लाख ४२ हजार रुपैयाँ भुक्तानी बाँकी रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ । इन्स्योरेन्सले हालसम्म १६ लाख ८ हजार ७ सय २१ वटा बीमालेख जारी गरेको छ ।

इन्स्योरेन्सको प्रति शेयर आम्दानी १३ रुपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात ४०.१८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ५६ पैसा र प्रति शेयर कुल सम्पत्तीको मूल्य ७ सय ४ रुपैयाँ ८४ पैसा रहेको छ । 
 

Top