logo
Blog single photo
August 11 2020

अजोड इन्स्योरेन्सले नाफा ५० प्रतिशत बढ्यो, इपीएस ८ रुपैयाँ ६८ पैसा 

बीमा खबर । अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्त सम्ममा इन्स्योरेन्सले ६ करोड २० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५० दशमलव ८५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले ४ करोड ११ लाख ९६ रुपैयाँ खुद नाफा कमाएको थियो ।  

इन्स्योरेन्सको खुद बीमा शुल्क लगायत कमिशनमा बृद्धि भएका कारण खुद नाफा बढ्न पुगेको वित्तीय विवरणमा देखिन्छ । 

इन्स्योरेन्सले असार मसान्त सम्ममा २७ करोड ७९ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ करोड २८ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा इन्स्योरेन्सको खुद बीमा शुल्क १५ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको थियो । 

इन्स्योरेन्सले असार मसान्त सम्म ९१ हजार २ सय २७ बीमालेख जारी गरेको छ । यो अवधि सम्म इन्स्योरेन्सले १ हजार ९ सय ८० दावीमा २२ करोड ५४ लाख ४७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । त्यस्तै १ सय ४३ दावी बापत ५ करोड ४७ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ । यो अवधिसम्म इन्स्योरेन्सको खुद दावी भुक्तानी ८ करोड ्र७२ लाख २१ हजार रुपैयाा रहेको वित्तीय विवरणमा देखिन्छ । 

 

footer


यो अवधिमा इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख ९६ रुपैयाँ रहेको छ । त्यस्तै बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७० हजार ८४ हजार रुपैयाँ सञ्चित रहेको चौथो त्रैमासको वित्तीय विवरणमा देखिन्छ । 

असार मसान्त सम्ममा ७१ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यो इन्स्योरेन्सले असार २५ देखि २९ गतेसम्म ३० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो । त्यस्तै साउन ४ गते आइपीओ बाँडफाँड गरेको थियो । 

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १ सय १५ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ सय ९२ रुपैयाँ ४ पैसा रहेको छ । 

Top