logo
Blog single photo
August 12 2020

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ भदौ ४ गतेदेखि निष्काशन हुने

बीमा खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गत देखि आइपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको जारी पूूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सले साउन २८ गते बुधबार आव्हान पत्र समेत प्रकाशित गरेको छ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल शेयर मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत समूहिक लगानी कोषका लागि छुट्याउने छ । त्यसबाट बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 
 

footer


शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ता सम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ । त्यस्तै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने छ । 

आवेदन भदौ ४ गतेदेखि भदौ ८ गते सम्म दिन सकिने छ । उक्त अवधिमा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिन सक्ने इन्स्योरेन्सले जनाएको छ । 
 

Top