logo
Blog single photo
August 20 2020

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ विक्री खुल्यो, न्यूनतम १० कित्ता आवेदन दिन पाइने

बीमा खबर । रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) आज देखि विक्री खुला भएको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आइपीओ भदौ ४ गते (आज) देखि सर्वसाधारणका लागि निष्काशन गरेको हो । 

आइपीओमा आजदेखि भदौ ८ गते सम्म आवेदन दिन सकिनेछ । ८ गते भित्र सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा भदौ २२ गते सम्म आवेदन दिन पाउने म्याद लम्बिने छ ।

इन्स्योरेन्सले निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । 
 

footer


इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम निष्काशन गर्न लागेको सम्पूर्ण शेयर सम्मका लागि आवेदन दिन पनउनेछन । आइपीओ निष्काशनका लागि विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बाको अनुमति पाएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन । त्यस्तै मेरो शेयरको सफ्टवेरबाट पनि आवेदन दिन सक्नेछन् । 

Top