logo
Blog single photo
August 20 2020

एक तिहाई कर्मचारीबाट सेवा सुचारु गर्न बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन

बीमा खबर । बीमा कम्पनीहरुलाई एक तिहाई कर्मचारीबाट सेवा दिन बीमा समितिले निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बिहीबार (आज) देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि समितिले एक तिहाई कर्मचारीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको हो । 

निषेधाज्ञाको आदेश जारी भएको समयमा बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको अनुरोध विद्युतिय माध्यमबाट प्राप्त समेतका आधारमा बीमालेख नवीकरण गर्ने व्यवस्थालाई भदौ १५ गते सम्म कायम गर्न समेत निर्देशन दिएको छ । 

निषेधाज्ञाको अवधिभित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि २०७७ भदौ १५ गते समम कायम गर्न र ब्याज नलाग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । बीमा अभिकर्ता र सर्भेयरको ईजाजतपत्र नवीकरणको म्याद भदौ मसान्त सम्म थप गरी सो बापत जरिवाना नलाग्ने व्यवस्था मिलाउन पनि बीमा समितिले भनेको छ । 
 

footer


Top