logo
Blog single photo
August 24 2020

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिन छुटनुहोला, आज अन्तिम दिन

बीमा खबर । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ४ गते देखि निष्काशन भएको आइपीओ आज साँझ ५ बजे सम्म मात्रै आवेदन दिन पाउने विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

इन्स्योरेन्सले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो । आइतबार साँझ सम्म करिब ४ गुणा बढी शेयरका लागि आवेदन परीसकेको छ । 

इन्स्योरेन्सले निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

footer


इच्छुक व्यक्तिले न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरको सफ्टवेरमार्फत आवेदन दिन सकिनेछ ।
 

Top