logo
Blog single photo
July 27 2019

रेमिट्यान्स आम्दानी १७ दशमलव ५ प्रतिशतले बढ्यो

बैंक खबरः ३७ प्रतिशतले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यान्स आय बढेको छ । आर्थिक वर्ष २०७५/०७६ ११को महिनामा रेमिट्यान्स आम्दानी १७ दशमलव ५ प्रतिशतले बढेको छ । ११ महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको ११ महिनामा ७ दशमलव ३ प्रतिशतले रेमिट्यान्स भित्रिएको थियो । 

अमेरिकी डलरमा रेमिट्यान्स आय ८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९ दशमलव ७ प्रतिशतले बढेको थियो । यस वर्ष डलरमा आएको वृद्धिका कारण कम भएको देखिन्छ ।

footer


जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्ष ३७ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८ दशमलव २ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५ दशमलव ४ प्रतिशतले बढेको छ । 
 

Top