logo
Blog single photo
August 02 2019

लाभकर विवादका कारण साताभर शेयर बजार प्रभावित

शेयर खबर । यो साता शेयर बजारमा पूँजीगत लाभकरको गणना गर्दा आधारदर तय गर्ने विषयमा देखिएको विवादका कारण प्रभावित भएको छ । तर यसै साता सरकार र लगानीकर्ताबिच आधारदर तय गर्ने विषयमा सहमति भएपनि लगानीकर्ता अझै ढुक्क हुन नसक्दा बजार प्रभावित भएको छ । 

यो साता समग्रामा नेप्से ६ अंकले घटेको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । केही कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेपनि बजार त्यसबाट प्रभावित भएको छैन् । साताभर २ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

footer


बजारमा लगानीकर्ता लघुवित्त क्षेत्रका कम्पनीहरुमा आकर्षित भएको देखिन्छ । परिसूचक नेप्से घटेपनि केही लघुवित्तका शेयरधनीहरुले कमाए । बजारमा मौद्रिक नीति आउनुअघि खरिद गरेका लगानीकर्ताले शेयरको विक्री चाप बढाएका छन् । त्यसको प्रभाव पनि नेप्सेमा देखिएको छ । 

Top