logo
Blog single photo
August 10 2019

यो साता नेप्से २५ अंकले घट्यो, केन्द्रीय बैंकको निर्देशन र लाभकर विवादले बजार प्रभावित

शेयर खबर । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दिएको नयाँ निर्देशन र शेयर बजारमा देखिएको पूँजीगत लाभकरको विवादका कारण यो साता शेयर बजार प्रभावित भएको छ । बजारमा लगानीकर्ताको मनोवल खस्किदा विक्रीचाप बढेको छ । जसलदे गर्दा नेप्से परिसूचक दवावमा देखिएको छ । 

यो साता शेयर परिसूचक नेप्से परिसुचक २५ दशमलव २८ अंकले घटेको छ । आइतबार १ हजार २ सय ६३ दशमलव ८४ अंकबाट कारोबार सुरु भएकोमा अन्तिम दिन बिहीबार १ हजार २ सय ३८ दशमलव ५६ अंकमा बन्द भएको छ । 

साताभर २ अर्ब १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साउन लागेदेखी पूँजीगत लाभकरको दवावमा रहेको दोस्रो बजारमा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दिएको निर्देशनले साताको अन्त्यमा बजार प्रभावित बनाएको थियो । बैंकहरुले स्प्रेडको शुत्र परिवर्तन गर्दा बैंकहरुको नाफा २६ प्रतिशतले घट्ने बताएका थिए । त्यस लगत्तै बिहीबार लगानीकर्ताको मनोबल गिरावट हुँदा नेप्सेमा थप दवाव परेको लगानीकर्ताहरु बताउँछन् । 

साताको मध्यतिर अर्थमन्त्रालयले नेपाल धितोपत्र वोर्डलाई पूँजीगत लाभकरको विवाद सुल्झाउन निर्देशन दिएको थियो । त्यस लगत्तै वोर्डले तीनदिन भित्रमा समस्या सामाधान गर्ने बताएपछि लगानीकर्ता केही उत्साहित भएका थिए । तर राष्ट्र बैंकको निर्देशन पछि लगानीकर्ताले शेयर विक्रीचाप बढाएका थिए । 

footer


यो साता कृषि विकास बैंकको शेयर कारोबातर बढी भएपनि लघुवित्त समुहका केही कम्पनीका शेयरधनीले कमाएका छन् । 

Top