बैंकिङ ज्ञान । केन्द्रीय बैंकको उद्देश्य अर्थतन्त्रको दिगो विकासको लागि बैंकिङ तथा वित्तीय सदस्यहरुको स्थापना, आर्थिक स्थायित्व र तरलता प्रवद्र्धन गरी सुरक्षित, स्वास्थ्य तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्नमा मद्दत पु-याउनु हो । नेपालमा नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक रहेको छ । हामीले अर्थतन्त्रमा केन्द्रीय बैंकको भूमिकालाई निम्न अनुसार उल्लेख गरेका छौं
(क) आर्थिक स्थायित्व कायम गर्नु
कुनैपनि राष्ट्रको सामाजिक विकासका लागि आर्थिक स्थायित्व अनिवार्य छ । आर्थिक स्थायित्व कायम गर्न केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आर्थिक स्थायित्व कायम गर्नका लागि केन्द्रीय बैंकले मूल्य स्तरलाई नियन्त्रण गर्ने, मौद्रिक तथा विदेशी विनिमय नीति समय अनुकुल परिवर्तन गरी कर्यान्वयन गर्ने र शोधानान्तर स्थितिमा स्थिरता कायम गर्न केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका रहन्छ ।
(ख) बैंकिङ प्रणालीको विकास
केन्द्रीय बैंकले बैंकिङ प्रणालीको विकासको लागि विभिन्न प्रकारका बैंकहरुको स्थापना गर्नका लागि आवश्यक नीति तर्जुमा गर्दछ भने अर्कोतिर ती बैंकका शाखाहरु विस्तार गर्न, लक्षित वर्गसम्म बैंकिङ सेवा प्रदान गर्न र विभिन्न वर्गलाई सहुलियत दरमा बैंकिङ सेवा प्रदान गराउनुपर्ने जस्ता िनर्देशन जारी गर्दछ ।
(ग) वित्तीय बजार र संस्थाहरुको विकास
केन्द्रीय बैंकले विभिन्न प्रकारका वित्तीय बजारहरुको स्थापना र सञ्चालन गर्नका लागि आवश्यक कानूनी र संस्थागत संरचना तयार गर्नमा मद्दत गर्दछ । देशको आंशिक विकासको लागि बैंकिङ प्रणालीको अतिरिक्त वित्तीय बजार र संस्थाहरुको पनि विकास हुन आवश्यक हुन्छ ।
(घ) मुद्राप्रति जनविश्वास कायम गर्न
मुद्राले धन सञ्चय र विनिमयको रुपमा कार्य गर्न भएतापनि यो सधै सर्वस्वीकार्य नहुन सक्छ । खरिद मुद्राप्रति जनविश्वास कायम नभएसम्म यो केवल कागजको रुपमा मात्र रहन पुग्छ । तसर्थ केन्द्रीय बैंकको मुख्य कार्य मुद्रा निष्काशन गर्नेमात्र नभएर सो मुद्राप्रति जनविश्वास सृजना गर्नुपनि महत्वपूर्ण भूकिा हुन्छ ।
(ङ) अन्तिम ऋणदाताको रुपमा
केन्द्रीय बैंकलाई उक्त मुलुकको अन्तिम ऋणदाताको रुपमा लिइन्छ । वाणिज्य बैंकहरुको तरल कोषले ग्राहकहरुको नगद मागलाई पुरा गर्न सम्भव नभएको अवस्थामा केन्द्रीय बैंकले अन्तिम ऋणदाताको रुपमा वाणिज्य बैंकलाई आर्थिक संकट उत्पन्न भएको अवस्थामा अन्य स्रोतबाट ऋण उपलब्ध हुन नसकेमा केन्द्रीय बैंकले प्रत्यक्ष ऋण दिएर वा उच्च कोटीका विलहरुको माध्यमबाट वाणिज्य बैंकहरुलाई सुविधा तथा संरक्षण प्रदान गर्दछ ।
यसबाहेक वित्तीय संस्थाहरुको स्थापना र विकास, उपयुक्त ब्याजदर नीतिको तर्जुमा, कर्जा व्यवस्थापन, साख नियन्त्रण, भुक्तानी सन्तुलन, पूँजीको सन्तुलन, पूँजीको निर्माण, अर्थतन्त्रको मौद्रिकीकरण, मौद्रिक नीतिको कार्यान्वयन, कृषि तथा अन्य उपेक्षित क्षेत्रको विकास र उद्योग एवं वाणिज्य क्षेत्रलाई प्रोत्साहन गर्ने लगायतका काम गरी अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लैजान केन्द्रीय बैंकले भूमिका खेलेको हुन्छ ।
नेपाल बैंक लिमिटेड परीक्षा सुमार्गर्शन, अक्षराङ्क प्रकाशन