logo
Blog single photo
August 22 2019

धितोपत्र बोर्डको विज्ञ सदस्यमा भीष्मराज ढुंगाना नियुक्त

अर्थतन्त्र । धितोपत्र बोर्डको विज्ञ सदस्यमा भीष्मराज ढुंगाना नियुक्त भएका छन् । २०७५ चैत देखि खाली रहेको उक्त पद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले ढुंगानालाई नियुक्त गरेका हुन । निलबहदुर सारु मगर अवकाश भएको ६ महिनापछि ढुङ्गाना उक्त पदमा नियुक्त भएका हुन् । ढुंगाना राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले गत जेठमा राष्ट्र बैंकबाट अवकास पाएका थिए।

footer


ढुङ्गाना यसअघिपनि राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिमा रहेका थिए । उनलाई वोर्डको भावि अध्यक्षको रुपमा ल्याउन सकिने गरी विज्ञ सदस्यमा नियुक्त गरिएको हुनसक्ने चर्चा पूँजीबजारमा छ । आगामी कात्तिक १ गते बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीको कार्यकाल सकिदै छ । त्यसैपछि ढुंगाना अध्यक्ष बन्न सक्ने सम्भावना पनि छ । 

Top