logo
Blog single photo
November 25 2020

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

अर्थतन्त्र । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को तीन महिना(साउन देखि असोज सम्म)को तथ्याङ्कमा आधारीत देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७९ प्रतिशत छ ।  आयात १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ ।  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशतले र अमेरिकी डलरमा ७.६ प्रतिशतले बढेको छ ।  शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च १ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ र राजस्व परिचालन १ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ छ ।  

विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ४.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १२.४ प्रतिशत छ । 
 

footer


http://bankkokhabar.com/backend/images/editor/1606302366_Current-Macroeconomic-and-Financial-Situation-Nepali_Based-on_Three_Months_data_2020.21.pdf

Top