महुली लघुवित्तले लाभांश वितरण नगर्ने
![महुली लघुवित्तले लाभांश वितरण नगर्ने](http://www.bankkokhabar.com.np/images/news/1707628022_mahuli.png)
बैंक खबर । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
माघ २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
All financial information at your fingertips.