सिटिजन लाइफको लाभांश घोषणा

सिटिजन लाइफको लाभांश घोषणा

बीमा खबर । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२००२२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो।

वैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस