नेप्से ८.९ अङ्कले बढ्यो, साढे आठ अर्बको कारोबार

नेप्से ८.९ अङ्कले बढ्यो, साढे आठ अर्बको कारोबार

सेयर खबर । यस साताको कारोबारको पहिलो दिन आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेप्से परिसूचक दोस्रो दिन सोमबार आठ दशमलव ९० अङ्कले बढेको छ । नेप्से २०८२ विन्दुमा कायम भएको छ ।

पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता सेयर किनबेच भएको छ ।

बैङ्किङ समूह शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव २४, म्युचुअल फन्ड तीन दशमलव ७४, व्यापार समूह दुई दशमलव ०३ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ । बाँकी सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह शून्य दशमलव ३६, फाइनान्स एक दशमलव २१, जलविद्युत् दुई, लगानी शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बीमा समूह एक दशमलव २८ प्रतिशतले बढेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको सेयरमूल्य आठ दशमलव ६७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ८७ लाख ६३ हजार दुई सय छ रुपैयाँको सेयर किनबेच भएको छ । 

कारोबार भएका दुई सय ४६ कम्पनीमध्ये एक सय ७६ कम्पनीको सेयरमूल्य बढेको छ । ६१ कम्पनीको सेयरमूल्य घटेको छ भने नौ वटाको स्थिर रहेको छ । 

लगानीकर्ताको सम्पत्ति १४ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ३३ खर्ब एक अर्ब रुपैयाँ कायम भएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस