कोशी प्रदेशमा बैंकहरुले प्रवाह गरेको कर्जा पाँच खर्ब ३१ अर्ब 

कोशी प्रदेशमा बैंकहरुले प्रवाह गरेको कर्जा पाँच खर्ब ३१ अर्ब 

बैंक खबर । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल क्षेत्रगत कर्जा पाँच खर्ब ३१ अर्ब ७५ करोड ९१ लाख ८० हजार रुपैयाँ छ । राष्ट्र बैंकले सार्वजनिक गरेको २०८० पुस मसान्तको तथ्यांकअनुसार सबैभन्दा धेरै थोक तथा खुद्रा क्षेत्रमा एक खर्ब २४ अर्ब १७ करोड आठ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ ।

थोक तथा खुद्रा विक्रेतापछि उपभोग्य कर्जा एक खर्ब ११ अर्ब चार करोड ३२ लाख २० हजार रुपैयाँ प्रवाह भएको देखिन्छ । गैर खाद्य वस्तु उत्पादन सम्बन्धी क्षेत्रमा ६७ अर्ब २३ करोड ५० लाख ८० हजार रुपैयाँ, कृषि तथा वन सम्बन्धी क्षेत्रमा ५५ अर्ब ८६ करोड २५ लाख ४० हजार रुपैयाँ, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धमा ४५ अर्ब १४ करोड ९९ लाख ५० हजार रुपैयाँ, वित्त, बीमा तथा अचल सम्पत्तिमा १९ अर्ब ७० करोड ५५ लाख ६० हजार रुपैयाँ, रियल स्टेटमा १८ अर्ब ४९ करोड आठ लाख ३० हजार रुपैयाँ, पर्यटनमा ११ अर्ब २२ करोड ९७ लाख ३० हजार रुपैयाँ, शिक्षामा ११ अर्ब २४ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यसबाहेक रुपैयाँ, यातायात, भण्डारण र सञ्चारमा नौ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ, निर्माणमा आठ अर्ब ४६ करोड ६३ लाख ५० हजार रुपैयाँ, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकमा सात अर्ब ४४ करोड ६४ लाख १० हजार रुपैयाँ, स्वास्थ्य र अन्य सामाजिक कार्य सम्बन्धमा पाँच अर्ब छ करोड ४५ लाख १० हजार रुपैयाँ, अन्य सेवामा चार अर्ब १४ करोड ९९ लाख २० हजार रुपैयाँ, माछापालनमा एक अर्ब ५७ करोड २३ लाख रुपैयाँ, खानीमा ९२ करोड ८७ लाख १० हजार रुपैयाँ र अन्यमा २९ अर्ब ८५ करोड १० लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस