अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको भाउ घट्यो

अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको भाउ घट्यो

बैंक खबर । असार २६ गते बुधबार नेपाली बजारमा अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ । राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा तोकेको छ । मंगलबार १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा थियो ।

युरोको मूल्य पनि मंगलबारको तुलनामा घटेको छ । बुधबार एक यूरोको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा तोकेको छ । मंगलबार एक युरोको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ थियो । 

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । एक पाउण्ड स्टर्लिङको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा कायम भएको छ । मंगलबार एक पाउण्डको खरिददर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसा थियो ।

बुधबार अस्ट्रेलियन डलरको भाउ पनि घटेको छ । राष्ट्र बैंकले १ अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९० रुपैयाँ १७ पैसा तोकेको छ । मंगलबार १ अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा थियो ।

राष्ट्र बैंकले मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ४४ पैसा तोकेको छ । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा तोकेको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस