महुली लघुत्तिको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

महुली लघुत्तिको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

बैंक खबर । महुली लघुवित्त वित्तीय संस्थाको १३ हजार ७२ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । लघुवित्तका संस्थापक दिलिपकुमारी मंडर, पन्नालाल चौधरी, केशरी डंगोल महर्जन, एनआइसि एशिया बैंक लगायतले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेका हुन् । यसबारे लघुवित्तले बिहीबार सूचना निकालेर जानकारी गराएको हो । 

शेयर खरिद गर्न लघुवित्तले पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक संस्थापक शेयरधनीले आउँदो ३५ दिनभित्र आफूले लिन चाहेको शेयर कित्ता र मूल्य खुलाएर निवेदन पेश गर्नुपर्छ । 

म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने पनि लघुवित्तले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस