ब्याजदर घटेपनि शेयर बजारमा परेन असर, घटेको बजारमा दुई कम्पनीमा सकारात्मक सर्किट 

ब्याजदर घटेपनि शेयर बजारमा परेन असर, घटेको बजारमा दुई कम्पनीमा सकारात्मक सर्किट 

शेयर खबर । शेयर बजार आज (बुधबार) पनि घटेको छ । परिसूचक नेप्से १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा बन्द भएको छ । कारोबार सरु भएदेखि नै घटेको बजार अन्तिम एक घण्टामा केही सुधार हुन खोजेपछि विक्रेताको दबाबका कारण सकारात्मक बन्न सकेन । 

१ अर्ब २० करोड रुपैयाँ बराबरको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका मध्ये १४९ कम्पनीको शेयरमूल्य घटेको छ भने ५१ वटाको बढेको छ । १४ वटाको मूल्य स्थिर रहेको छ । 

बजार घटेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

शेयर बजार र बैंक ब्याजदरबीच विपरित सम्बन्ध हुन्छ । यद्यपी बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर नघटाई साधारण बचत खातामा मात्रै ब्याजदर घटाउने निर्णय गरेकाले बजारले सकारात्मक प्रतिक्रिया दिन सकेको छैन । कर्जाको ब्याजदर घट्ने संकेत देखिएको छ तर

निक्षेपको ब्याजदर नघट्दासम्म बजारमा दबाब कायमै रहने लगानीकर्ताको बुझाई छ ।  त्यसैले बजारमा विक्रीकर्ता हावी भइरहेका छन् । 

All banking information at your fingertips


शेयर गर्नुहोस