युनियन, प्राइम र गुराँस लाइफको एकीकृत कारोबार वैशाख २६ गतेदेखि 

युनियन, प्राइम र गुराँस लाइफको एकीकृत कारोबार वैशाख २६ गतेदेखि 

बीमा खबर । यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरसम्बन्धी सम्पूर्ण काम पुरा गरी वैशाख २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

तीनवटै कम्पनीले एक आपसमा गाभिन नेपाल बीमा प्राधिकरबाट वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट वैशाख २० गते अन्तिम स्वीकृति पाएका थिए । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । 

समान हैसियतमा गाभिन लागेका तीनवटै कम्पनीले वैशाख ६ गते विशेष साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

मर्जरपश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । 
एकीकृत कारोबार शुरु गर्न डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरू बन्द हुने जनाइएको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस