खर्च गर्ने बानी कसरी कम गर्ने ? टिप्स  

खर्च गर्ने बानी कसरी कम गर्ने ? टिप्स  

बैंक खबर । दैनिक जीवनमा आफ्नो लागि आवश्यक पर्ने इच्छा र आवश्यकताका वस्तुहरूको खरिदबिक्रीको लागि भविष्यप्रति सचेत भएर गरिने आम्दानी र खर्च नै व्यक्तिगत रकम व्यवस्थापन हो । त्यसैले अत्याधिक खर्च गर्ने बानीलाई सुधार गरी बचतमा जोड दिनुपर्छ । 

भविश्यको जीवनको सुरक्षाका लागि पनि अहिले देखि नै बचत गर्ने बानी बसाल्नु आवस्यक छ । त्यसैले हामीले अत्याधिक खर्च गर्ने बानीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा केही टिप्सहरु प्रस्तुत गरेका छौं ।

आफ्नो खर्च गर्ने बानी सम्झेर धेरै जनालाई टाउको दुख्छ्र । कतिजनाले बाध्यताले खर्च कमगर्न सक्नुभएको हुन्न, कतिजनाले पहिलादेखिको आफ्नो खर्च गर्ने बानीलाई सुधार्न सकिराख्नुभएको हुन्न । तर जे जे भए पनि आफ्नो पैसा कसरी कम खर्च गर्ने भनेर प्रतिज्ञा लिनु नै ठूलो अनुशासन हो ।  

हामीले सिकेको नराम्रो आर्थिक संस्कार, व्यवहारमा बढ्दै आएको खर्चालु जीवनशैली र मुख्यतया भावनात्मक समस्याहरूले गर्दा अत्यधिक खर्च गर्ने बानी हुर्कँदै आएको हुन्छ ।  

अत्यधिक खर्च गर्ने बानीबाट मुक्त भएमा आफ्नो परिवारमा सबैभन्दा ठूलो खुसीको अनुभव वा भावना साँट्न सकिन्छ । खर्च गर्ने बानीमा परिवर्तन गर्न सकेको खण्डमा पैसा बचत गर्न सकिन्छ ।  

आफूलाई अत्यावश्यक परेको वस्तु बजारमा खोजमेल गरेर र पैसा बुझेर मात्र किन्न सकियो भने अनावश्यक महङ्गीबाट बच्न सकिन्छ ।  

सेल फोन प्रयोग गरेर कुराकानी गर्न कम गरेको खण्डमा बिल कम गर्न सकिन्छ । बालबालिकालाई खर्च गर्ने गतिविधिहरूबाट छुट्कारा गराउने हो भने खर्च घटाउन सकिन्छ ।  

कुनै पनि वस्तु तथा सेवा छिट्टै उपभोग गरेर सकिन्छ भने उक्त वस्तु तथा सेवा खरिद गर्दा ध्यान दिनुपछ्र्र ।  

लामो समयसम्म टिकाउ हुने र उपभोग गरिसकेपछि प्रतिफल दिने वस्तु तथा सेवा खरिद गर्दा खर्च बच्छ ।  

आफ्नो अगाडिका पारिवारिक लक्ष्यहरूमा कसको योगदान कति हुने भनेर छलफल गर्न तर्कहरू गर्न सकिन्छ, झगडा होइन । 

समृद्ध परिवारको लागि निश्चित वित्तीय लक्ष्य हुन जरूरी छ । पारिवारिक लक्ष्य वा व्यक्तिगत लक्ष्य भन्नाले केही वर्षको/महिनाको अवधिमा प्राप्त गर्न सकिने वस्तु तथा सेवा हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस