सफा नोट : राष्ट्रियता, संस्कृति र सभ्यताको प्रतिक
![सफा नोट : राष्ट्रियता, संस्कृति र सभ्यताको प्रतिक](http://www.bankkokhabar.com.np/images/news/1684299650_naya_note.png)
बैंकिङ ज्ञान । लेनदेन तथा आर्थिक कारोवारका लागि हामीलाई नोट आवश्यकता पर्दछ । अहिले विश्वमा प्रायः कागजी नोट प्रचलनमा रहेका छन् । यी नोटको व्यवस्था राज्यले गर्दछ । सोको जिम्मेवारी कानूनले नै केन्द्रीय बैंकलाई प्रदान गरेको हुन्छ । त्यसैले विश्वका प्रायजसो सबै राष्ट्रले मुद्रा निष्कासन र व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय बैंकलाई प्रदान गरेका हुन्छन् । नेपालमा पनि यो जिम्मेवारी केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले बहन गर्दै आएको छ ।
एउटा सभ्य नागरिकको कर्तव्य राज्यले व्यवस्था गरेको नोट तथा सिक्काहरूको सुरक्षा गर्नु, त्यसलाई जतन एवम् सुझबुझपूर्ण ढङ्गले प्रयोग गर्नु र नोटलाई सफा राख्न प्रयास गर्नु पनि हो । यस्तो बानी गरेमा यसबाट व्यक्ति तथा राज्य दुवै लाभान्वित हुन्छन् । नयाँ नोट प्रयोग गर्न पाउँदा तपाईँ हाम्रो मन प्रशन्न रहन्छ । हामीले नयाँ नोट प्रयोग गर्न पाउँदा प्रशन्न भए जस्तै अरूलाई पैसा भुक्तानीको क्रममा नयाँ नोट दिँदा उनीहरू पनि प्रशन्न हुन्छन् । यसबाट नोटको आयु बढ्दछ । यसले नोट छाप्ने, वितरण गर्ने तथा मैला झुत्रा नोट पुनः जम्मा गरी त्यसलाई धुल्याउने कार्यमा भएको खर्च न्यूनीकरण हुन गई राज्यको साधन वचत हुन जान्छ र राज्यलाई फाइदा पुग्दछ ।
अहिलेको युग सूचना प्रविधिको युग हो । वित्तीय कारोवारमा पनि प्रविधि मार्फत् भुक्तानीका नयाँ–नयाँ पद्धतिहरू विकास भइरहेका छन् । चेकबाट भुक्तानी गर्ने तथा विद्युतीय प्रणालीबाट भुक्तानी (भ(उबथmभलत) गर्ने गरेमा पैसाको प्रयोग कम हुन गई नोटको प्रचलन कम हुन पुग्दछ । यसबाट पैसा हराउने, लुटिने जस्ता भवितव्यमा नपरिने हुँदा भुक्तानीका नवीन प्रविधिको प्रयोग गर्नु उपयुक्त हुन्छ । नगदभन्दा बैंक चेक वा पैसा बाहेकका अन्य उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने, झुत्रा नोटहरूको प्रतिस्थापन गर्ने र जाली नोटहरूको प्रयोग नगर्न सचेत रहनुपर्ने बारेमा प्रत्येक नागरिक सुसूचित हुनु आवश्यक छ ।
मुलुकभर सफा नोट मात्र चलनचल्तीमा ल्याउनुका साथै नोट व्यवस्थापन खर्च न्यूनीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीति मार्फत सफा नोट नीति ल्याएको हो । सर्वसाधारण जनतामा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, च्यातिएको, फोहोर नोटहरू चलनचल्तीबाट हटाउँदै जानु सफा नोट नीतिको प्रमुख उद्देश्य रहेको छ
यदाकदा अज्ञानतावश बैंक तथा सर्वसाधारण जनताले नेपाली नोटमा जथाभावी लेख्ने, स्टिच लगाउने जस्ता कार्य गरिरहेको देखिन्छ । यसो गर्दा नेपाली नोटको आयु घट्न गई अनावश्यक रूपमा नोट छपाइ र व्यवस्थापन खर्चमा वृद्धि हुन जाने हुन्छ । तसर्थ, नेपाली नोटप्रतिको संवेदनशीलता प्रति जनतालाई जागरुक बनाउन, नोटको आकर्षण कायम राख्न पनि सफा नोट नीति आवश्यक हुन गएको छ ।
नेपाली नोट कागजबाट बनेको नोट हो । यसलाई जतनसाथ प्रयोग गरेमा यसको आयु बढ्दछ । सम्पूर्ण नेपाली नोटहरू विदेशमा छाप्ने गरिन्छ । छापिएको नोट नेपालमा ल्याउन, नेपालका गाउँ–ठाउँसम्म पु¥याउन, पुरानो नोट विभिन्न ठाउँहरूबाट नेपाल राष्ट्र बैंकमा फिर्ता ल्याउने कार्यमा राज्यले ठूलो खर्च बेहोर्नु परिरहेको छ । यति मात्र होइन, नोटमा नेपाली राष्ट्रिय प्रकृति, संस्कृति, सभ्यता, अङ्कित हुन्छन् । यसर्थ हामीले नोटलाई आफ्नै सम्पत्ति र राष्ट्रको गौरव ठानेर जतनसाथ प्रयोग गरेमा हाम्रो मन प्रसन्न रहने, नेपाल र नेपालीको सभ्यता उच्च राख्न मद्दत पुग्न जानुका साथै राज्यको खर्च पनि न्यूनीकरण हुन गई सो स्रोत साधन अन्य काममा खर्च गर्न पाइने हुन्छ । यसका साथै, नोट जतिजति पुरानो भयो त्यसले हाम्रै स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने हुँदा सो सम्भावना पनि न्यूनीकरण हुन पुग्दछ ।
मुलुकमा आर्थिक कारोवारमा भएको वृद्धिसँगै अटोमेटेड टेलर मेसिन (ए.टि.एम.) को प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । त्यस्ता मेशिनमा पुराना, थोत्रा नोट राख्दा सो मेशिनको कार्यक्षमतामा ¥हास आउने, चाँडै बिग्रने र भनेको बेलामा पैसा ननिस्कने सम्भावना हुन्छ ।
अझ महत्त्वपूर्ण पक्ष कुनै पनि विदेशी नागरिक नेपाल आइपुग्ना साथ उसले गर्ने पहिलो काम भनेको विदेशी मुद्रा दिएर नेपाली मुद्रा सटही गर्नु हो । विदेशी मुद्राको सट्टामा झुत्रो, पुराना नोटहरू मात्र सटही गरिदिनाले विदेशीको मनमस्तिष्कमा पहिलो प्रभाव नै नकारात्मक प¥यो भने त्यसबाट अन्य क्षेत्रमा पनि सोही किसिमको नकारात्मक प्रभाव पर्दछ । तसर्थ, मुलुकको पहिचान दिने, सभ्यताको स्तर इङ्गित गर्ने माध्यम भनेको नेपाली मुद्रा पनि हो । त्यसैले, विश्वसामु नेपाली मुद्रा सफा र राम्रो देखिनु उत्तिकै आवश्यक रहन्छ ।
नोटलाई पट्याउने, कच्याककुचुक पार्ने, पोको पारेर धान मकैको भकारीभित्र राख्ने, माटोमा गाड्ने, नोटमा जथाभावी लेख्ने वा केरमेट गर्ने, आगोले पोल्ने, च्यात्ने, भिजाउने गर्दा नोटको आयु घट्ने मात्र होइन यसबाट माथि भनिएझैँ राष्ट्रको अमूल्य सम्पतिको दुरुपयोग हुने, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले नोटको जतन र सुरक्षण गर्नु पर्ने कर्तव्य प्रत्येक नागरिकको हुन्छ । साथै, स–सानो भुक्तानीको लागि कागजी नोटभन्दा सम्भव भएसम्म सिक्काको प्रयोग गर्ने बानी बसालेमा दीर्घकालमा राज्यलाई नोट तथा सिक्का व्यवस्थापन लागत कम पर्ने तथा उपभोक्ता नठगिने अवस्था समेत रहन्छ ।
विद्यार्थीसँग नेपाल राष्ट्र बैंक पुस्तकबाट
All financial information at your fingertips.