एनआईसी एशिया बैंकको भीकेवाईसीमा थप सुविधा

एनआईसी एशिया बैंकको भीकेवाईसीमा थप सुविधा

बैंक खबर । एनआइसी एशिया बैंकले भिडियो केवाईसी (भीकेवाईसी)मा केही सुविधा थप गरेको छ । बैंकले यसअघि नै सुरुवात गरेको भीकेवाईसी सेवामा थप पाँचवटा सुविधा जोडेको हो । 

बैंकका अनुसार भिडियो केवाईसी विवरण अध्यावधिकसँगै खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक र मोबाइल नम्बर तथा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा थप गरेको हो । 

अनलाइन खाता खोल्ने ग्राहकहरुको लागि भिडियो कलबाटै केवाइसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँचवटा सेवा यो प्रणालीमा जोडेको हो ।

घर वा अफिसबाटै लिन सकिने यि सेवाहरु बैंकको वेबसाइटमा रहेको एप्लाई नाउमा ट्याब गरी भीकेवाइसीबाट उल्लेखित सेवाहरू मध्ये ग्राहकले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सकिनेछ । ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ । 

परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले मागे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ । 

बैंकले आफ्नो खातामा नयाँ विवरण अध्यावधिक गर्न, निष्क्रिय खाता सुचारु गर्न र बचत खातालाई अर्कोमा परिवर्तन गर्न सो सेवा प्रभावकारी हुने जनाएको छ । 

बैंकले देशभर तीन सय ५९ शाखा कार्यालय, ४७३ एटीएम, १०९ विस्तारित काउन्टर र ८१ शाखारहित बैंकिङमार्फत वित्तीय सेवा दिँदै अआएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस