समीट लघुवित्तको शेयरमूल्य समायोजन

समीट लघुवित्तको शेयरमूल्य समायोजन

बैंक खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज (जेठ २२ गते, सोमबार) समीट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । लघुवित्तले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि शेयरधनी किताब बन्द गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले लघुवित्तको १३.५६२७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपछि लघुवित्तको शेयरको नयाँ मूल्य ८ सय १९ रुपैयाँ ९९ पैसा कायम भएको छ । नेप्सेले यसअघी दोस्रो बजारमा भएको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। 
आइतबार लघुवित्तको शेयर दोस्रो बजारमा ९ सय ३१ रुपैयाँ २० पैसामा करोबार भई बन्द भएको थियो । 

लघुवित्तले आगामी असार ३ गते बिहान १० बजे काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित अरनिको पार्टी प्यालेसमा चौधौं वार्षिका साधारणसभा आह्वान गरेको छ । साधारणसभाले १३.५६२७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३५ लाख २६ हजार ३१५ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । 

साधारणसभाले सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६ सय ६५ कित्ता साधारण शेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृती लिई एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्दैछ । यस्तै नेशनल माइक्रोफाइनान्ससँग मर्जरमा जाने प्रस्तावपनि पारित गर्ने भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस