थप ११ कम्पनीले पाए स्टक ब्रोकर लाइसेन्स

थप ११ कम्पनीले पाए स्टक ब्रोकर लाइसेन्स

बैंक खबर । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई स्टक ब्रोकर लाइसेन्स दिएको छ । अहिलेसम्म आसयपत्र पाएका ४३ कम्पनीमध्ये १८ वटाले अनुमतिपत्र पाएको बोर्डले जनाएको छ । 

लाइसेन्स पाएकाहरुमध्ये नबिल सेक्युरिटिजले धितोपत्र व्यवसायी (स्टक डिलर)को लाइसेन्स पाएको छ । नबिल बैंकको पूर्ण लगानी रहेको यो कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ छ । यस्तै मेघा स्टक मार्केट्सले पनि पूर्ण कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स पाएको छ । यो कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ ।

बोर्डका अनुसार एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, केवीएल सेक्यूरिटिज र कलश स्टक मार्केटले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस