सामुदायिक लघुवित्तलाई गाभ्न बिपिडब्लु लघुवित्तले डाक्यो साधारणसभा

सामुदायिक लघुवित्तलाई गाभ्न बिपिडब्लु लघुवित्तले डाक्यो साधारणसभा

बैंक खबर । बिपिडब्लु लघुवित्तले सामुदायीक लघुवित्तसँग मर्जरमा जाने निर्णय गर्न असार २६ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभाले सामुदायिक लघुवित्तसँगको मर्जरसम्बन्धी सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने छ । 

साधारणसभाले मर्जरसम्बन्धी डीडीए प्रतिवेदन पनि स्वीकृत गर्नेछ । यस्तै मर्जरको अन्तिम सम्झौताका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

साधारणसभाका लागि लघुवित्तले असार १२ गतेदेखि बुकक्लोज गर्ने भएको छ । असार ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस