शेयर बजार सामान्य अंकले घट्यो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

शेयर बजार सामान्य अंकले घट्यो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

शेयर खबर । शेयर बजार परिसूचक नेप्से बिहीबार ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा बन्द भएको छ । एक अर्ब १४ करोड रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री भएको छ । 

आजपनि युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शेयर कारोबार एनआईसी एशिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको भयो । 

कारोबारमा आएका मध्ये ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ वटाको घटेको छ । ३ वटाको स्थिर रहेको छ । 

All banking information at your fingertips


शेयर गर्नुहोस