भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

अर्थतन्त्र । भारतीय आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा मूल्य घटेर आएको छ । 

अहिले बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ेपछि भारतीय आयल कर्पोरेशनले पनि नेपालमा मूल्य घटाएर पठाएको हो । भारतबाट पछिल्लो १५ दिनको कारोबारको औसत मूल्यलाई आधार मानेर नेपाललाई प्रत्येक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । 
 

All banking information at your fingertips


शेयर गर्नुहोस