सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

अर्थतन्त्र । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर एक लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले बढेर एक लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

महासंघका अनुसार चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस