नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड

नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड

बैंक खबर । नेपाल सरकारले २०८० असार मसान्तसम्म २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ ऋण तिर्न बाँकी देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय तथा आर्थिक विवरण अनुसार सरकारको नाममा सो ऋण देखिएको हो । 

तिर्न बाँकी ऋणमध्ये, वाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । 
आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने १ खर्ब १५ अर्ब ९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा १ खर्ब ४० अर्ब ९० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ वाह्य ऋण परिचालन गरेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस