'ब्रेक शुमा लुकाएर अहिलेसम्म ३६२ किलो सुन तस्करी'- सीआईबी

'ब्रेक शुमा लुकाएर अहिलेसम्म ३६२ किलो सुन तस्करी'- सीआईबी

बैंक खबर । ६० किलो सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउने भएको छ । सीआईबीले बुधबार पत्रकार सम्मेलनगरी अहिलेसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको जनाएको छ । फरारमध्ये १४ जना विदेशी नागरिक हुन भने ४ जना नेपाली हुन् ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ । सबैजनाबाट ३ अर्ब ५० करोड १६ लाख रुपैयाँ बिगो दाबी माग गर्न समेत सिफारिस गरेको छ  । 

प्रहरीले बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती अमला रोक्कालाई पनि प्रतिवादी बनाएको जानकारी दिएको छ । अमला रोक्का माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । 

सीआईबीले अनुसन्धानमा तस्करको यो समूहले विभिन्न चरणमा गरेर ३६२ किलो सुन तस्करी गरेको खुलेको जनाएको छ । राजस्व अनुसन्धान विभागले गत साउन २ गते ब्रेक शुमा लुकाएर सुन तस्करी गर्दै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट पक्राउ गरेको थियो । सीआईबीले सुन तस्करीको थप अनुसन्धान जारी राख्ने जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस