किसान लघुवित्तले बोलायो चैत २८ गते वार्षिक साधारणसभा, लाभांश पारित गर्ने

किसान लघुवित्तले बोलायो चैत २८ गते वार्षिक साधारणसभा, लाभांश पारित गर्ने

बैंक खबर । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २८ गते चौथो वार्षिक साधारणसभा गर्ने भएको छ ।

चैत ५ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले काठमाडौंको बुढानिलकण्ठ स्थित याकेट इभेण्टसमा बिहान ११ बजेका लागि आह्वान गरेको हो । 
साधारणसभाले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 
 

All banking information at your fingertips.

 


शेयर गर्नुहोस