कुमारी सुनौलो योजनाको बिक्री आजदेखि खुल्ला

कुमारी सुनौलो योजनाको बिक्री आजदेखि खुल्ला

बैंक खबर । कुमारी क्यापिटलले आज (चैत ९ गते)देखि कुमारी सुनौलो लगानी योजना बिक्री खुला गरेको छ । क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखि योजना हो ।

क्यापिटलले ५० करोड रुपैयाँ बारबरको ५ करोड इकाई सार्वजनिक निष्काशन मार्फत बिक्री गर्नेछ भने बाँकी ५ करोड इकाई इकाई योजना व्यवसपकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गर्नेछ । 

क्यापिटलले कुल निष्काशन गर्न लागेको इकाईको १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रबद्र्धक कुमारी बैंकका लागि सुरक्षित राखेको छ । बाँकी मध्ये ३ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
निष्काशन बन्द छिटोमा चैत १३ गते हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरे निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाईका लागि अवेदन दिन सक्नेछन् । 

१ अर्ब रुपैयाँको कुल आकार रहेको यो योजनाको प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहेको छ । योजनाको निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बिक्री हुनुपर्नेछ । सो आकारको इकाई बिक्री नभएमा योजना खारेज भई १२ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु हुने क्यापिटलले जनाएको छ । 

यदि ५० करोड रुपैयाँको आवेदन नपरेमा बाँडफाँट भएपछि बाँकी रहेको सबै इकाई एसआईपी मार्फत बिक्रीमा ल्याइने क्यापिटलले जनाएको छ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस